जिल्ला वन कार्यालय गुल्मीको परिचय

नेपालको वन सम्पदा कृषि, उद्योग, पर्यटन, जलस्रोत, वातावरण र जैविक विविधताको आधारस्तम्भ हो । काठ, दाउरा, डालेघाँस, जडिवुटी जस्ता वन पैदावारको आधारभूत आवश्यकता परिपूर्ति गर्दै स्थानीय रोजगारी र सामाजिक विकास, वातावरणीय सेवा तथा राष्ट्रिय अर्धतन्त्रमा वनक्षेत्रको उल्लेख्य योगदान रहेको छ । यसैगरी जलवायु परिवर्तनको सम्भावित जोखिमलाई निष्प्रभावीकरण तथा अनुकुलन गर्नका लागि समेत वनको महत्वपूर्ण भुमिका रहेका छ । भौगोलिक अवस्थिति र हावापानीका कारण नेपाल जैविक विविधताको भण्डार मानिएको छ । मुलुकको कुल भु–भाग मध्ये ४४.७४ प्रतिशत ढाकेको वन क्षेत्रमा उष्ण प्रदेशीय देखि कोणधारी प्रजातिको वन जंगलमा पाइने वन, वनस्पति, वन्यजन्तु, जडिवुटी र जैविक विविधताका कारण वन जंगलको सामाजिक–आर्थिक र वातावरणीय महत्व पनि उत्तिकै रहेको छ । राष्ट्रिय वनको संरक्षण, सवर्धन र सदुपयोगको व्यवस्था मिलाउन वि.स. २००८ सालमा वन विभागको स्थापना पश्चात यसको संगठनात्मक स्वरुप तथा सेवा प्रवाहमा पनि समयानुकुल परिमार्जन साथै समन्वय र सहकार्य गर्दै वन व्यवस्थापन गरिंदै आएको छ ।
(more…)