डिभिजन वन कार्यालय गुल्मीको परिचय

नेपालको वन सम्पदा कृषि, उद्योग, पर्यटन, जलस्रोत, वातावरण र जैविक विविधताको आधारस्तम्भ हो । काठ, दाउरा, डालेघाँस, जडिवुटी जस्ता वन पैदावारको आधारभूत आवश्यकता परिपूर्ति गर्दै स्थानीय रोजगारी र सामाजिक विकास, वातावरणीय सेवा तथा राष्ट्रिय अर्धतन्त्रमा वनक्षेत्रको उल्लेख्य योगदान रहेको छ । यसैगरी जलवायु परिवर्तनको सम्भावित जोखिमलाई निष्प्रभावीकरण तथा अनुकुलन गर्नका लागि समेत वनको महत्वपूर्ण भुमिका रहेका छ । भौगोलिक अवस्थिति र हावापानीका कारण नेपाल जैविक विविधताको भण्डार मानिएको छ । मुलुकको कुल भु–भाग मध्ये ४४.७४ प्रतिशत ढाकेको वन क्षेत्रमा उष्ण प्रदेशीय देखि कोणधारी प्रजातिको वन जंगलमा पाइने वन, वनस्पति, वन्यजन्तु, जडिवुटी र जैविक विविधताका कारण वन जंगलको सामाजिक–आर्थिक र वातावरणीय महत्व पनि उत्तिकै रहेको छ । राष्ट्रिय वनको संरक्षण, सवर्धन र सदुपयोगको व्यवस्था मिलाउन वि.स. २००८ सालमा वन विभागको स्थापना पश्चात यसको संगठनात्मक स्वरुप तथा सेवा प्रवाहमा पनि समयानुकुल परिमार्जन साथै समन्वय र सहकार्य गर्दै वन व्यवस्थापन गरिंदै आएको छ ।

वन विभाग अन्तर्गत वि.स. २०३४ सालमा रिडी वन डिभिजनको रुपमा स्थापना भै २०४० सालदेखि जिल्ला वन कार्यालय गुल्मीको रुपमा संचालनमा छ । वन अनुसन्धान तथा सर्वेक्षण विभागको वि.सं. २०७२ को तथ्यांक अनुसार यस जिल्लाको कुल क्षेत्रफल ११०६०३ हेक्टर मध्ये ४६२९३ हेक्टर (४१.८५ प्रतिशत) वन क्षेत्र रहेको छ ।यस कार्यालय र अन्तर्गतका एक सेक्टर वन कार्यालय र आठ वटा ईलाका वन कार्यालयहरुमा जम्मा ७० जनाको दरवन्दी रहेको छ । जिल्लामा हालसम्म सम्भाव्य सामुदायिक वन क्षेत्रको ४५.१८ प्रतिशत (१८०१४.४३ हेक्टर) सामुदायिक वनको रुपमा हस्तान्तरण भई व्यवस्थापन भइरहेको छ ।
जिल्ला वन कार्यालय र यस अन्तर्गतका शाखा, सेक्टर र ईलाका वन कार्यालयहरु
जिल्ला वन कार्यालय गुल्मी
(क) प्रशासन शाखा (ना.सु नविन पन्थि)
(ख) योजना शाखा (स.व.अ. कर्ण वहादुर पाण्डे)
(ग) सदुपयोग शाखा (रेन्जर राम गोपाल चौधरी)
(घ) आर्थिक प्रशासन शाखा (लेखापाल रुद्रमणी ढकाल)
(ङ) जिन्सी भण्डार शाखा (खरिदार तेजेन्द्र बस्नेत)
सूचना अधिकारीः स.व.अ. कर्ण वहादुर पाण्डे
सेक्टर वन कार्यालय, गुल्मी
सेक्टर वन कार्यालय प्रमुखः सहायक वन अधिकृत दुर्गादत्त कणेल
ईलाका वन कार्यालयहरु
१. तम्घास ईलाका वन कार्यालय प्रमुखः सहायक वन अधिकृत पन्नालाल भट्टराई, मोवाइल नं. ९८४७८४३८४८
२. गौंडाकोट ईलाका वन कार्यालय प्रमुखः सहायक वन अधिकृत महेन्द्र कुमार जयसवाल, मोवाइल नं. ९८४५३९३१७७
३. रिडी ईलाका वन कार्यालय प्रमुखः सहायक वन अधिकृत नरेश महतो, मोवाइल नं. ९८५५०४५७५७
४. वामी ईलाका वन कार्यालय प्रमुखः फरेष्टर मोतिराम वि.क., मोवाइल नं. ९८४७९०१९४९
५. धुर्कोट ईलाका वन कार्यालय प्रमुखः सहायक वन अधिकृत सुमन घिमिरे, मोवाइल नं. ९८५२८४००२१
६. पुर्कोट ईलाका वन कार्यालय प्रमुखः सहायक वन अधिकृत सुमन घिमिरे, मोवाइल नं. ९८५२८४००२१
७. ईश्मा ईलाका वन कार्यालय प्रमुखः सहायक वन अधिकृत दिपक प्रसाद पण्डित, मोवाइल नं. ९८४१४२१०८७
८. शान्तिपुर ईलाका वन कार्यालय प्रमुखः रेन्जर वावुराम न्यौपाने, मोवाइल नं. ९७५७००१४२२
मदाने संरक्षित वन कार्यक्रम, गुल्मी
संरक्षित वन परिषदका अध्यक्षः गोविन्द वहादुर खड्का,
कर्मचारीहरु ः
१) कार्यक्रम प्रवन्धक ः सहायक वन अधिकृत सुमन घिमिरे
२) रेञ्जर ः
३) वन रक्षक ः छवी अर्याल
४) वन रक्षक ः शुसीला नेपाली
५) ग्रामीण सहजकर्ता हरु ः
६) कार्यालय सहयोगी ः विष्णु कुमारी सेन