परिचय

वि.सं. २० सालमा जिल्ला वन कार्यालय,गुल्मीको स्थापना हुनु पूर्व तत्कालिन लुम्विनी वन डिभिजन कार्यालय,भैरहवा अन्र्तगतको तम्घासमा रहेको गुल्मी रेन्ज कार्यालयबाट  र सो अन्र्तगतका बिटहरु बाट यस जिल्लाको वन सम्वन्धी कृयाकलाप संचालन गरिन्थ्यो । वि.सं.२०४० सालमा वनको संगठनलाई विकेन्द्रीकरणको सिद्धात अनुसार संचालन गर्न सघाउ पुर्याउन वन डिभिजन कार्यालय खारेज गरी ७५ वटै जिल्लामा जिल्ला वन कार्यालयको स्थापना गर्ने सिलसिलामा यस जिल्लामा पनि २०४० सालमा नै जिल्ला वन कार्यालयको स्थापना भयो । यस जिल्लालाई ३ गोटा इलाका वन कार्यालय(धुर्कोट,तम्घास र मजुवा) मा विभाजन गरि प्रत्येक इलाका अन्र्तगत ४ गोटा इकाइ वन कार्यालय स्थापित भए,त्यसै गरी २०५० सालमा भएको नँया संगठनात्मक परिर्वतन बमोजिम साविकका ३ गोटा इलाका वन कार्यालय र इकाइ वन कार्यालयहरु खारेज गरी एउटा इलाका वन कार्यालय र ८(आठ) गोटा रेन्ज पोष्टहरु कायम गरिएको थियो । प्रचलित वनसंग सम्वन्धीत ऐन,नियम र नीतिको प्रभावकारी कार्यान्वयन गरी नेपालको वन क्षेत्रको दिगो विकास एंव व्यवस्थापन गर्न वन विभाग अन्र्तगत मुस्ताङ वाहेक ७४ गोटा जिल्लामा जिल्ला वन कार्यालय रहने व्यवस्था भयो । जिल्लाहरुलाई वन क्षेत्र र महत्वको आधारमा ५ वर्ग (क देखि ङ ) मा वाँडिए ।गुल्मी जिल्ला सहित विभिन्न १७ जिल्लाहरु घ वर्गमा समावेश गरिए ।
२०७० सालमा रेन्जपोष्टहरुको नामाकरण परिवर्तन भै इलाका वन कार्यालय कायम गरियो र इलाका वन कार्यालमा सहायक वन अधिकृत कार्यालय प्रमुख रहने व्यवस्था गरियो भने साविक इलाका वन कार्यालयलाई सेक्टर वन कार्यालय नामाकरण गरिए बमोजिम हाल जिल्ला वन कार्यालय अन्तर्गत ८ गोटा इलाका वन कार्यालय र १ गोटा सेक्टर वन कार्यालय रहेको छ ।

जिल्ला वन कार्यालय र यस अन्तरगतका फांट, सेक्टर र ईलाका वन कार्यालयहरु

जिल्ला वन कार्यालय गुल्मी
(क) प्रशासन फांट
(ख) वन विकास फांट
(ग) वन सदुपयोग फांट
(घ) मुद्दा फांट
(ड.) लेखा फांट

सेक्टर वन कार्यालय तम्घास
सेक्टर वन कार्यालय प्रमुख सहायक वन अधिकृत दिपक प्रसाद पण्डित

ईलाका वन कार्यालयहरु
१‍. तम्घास ईलाका वन कार्यालय प्रमुख, सहायक वन अधिकृत पन्नालाल भट्टराई,  मो.नं.: ९८४७८४३८४८
२. गौंडाकोट ईलाका वन कार्यालय प्रमुख, रेञ्जर बिनोद गायक, मो.नं.: ९८०६५६००३९
३. रिडी ईलाका वन कार्यालय प्रमुख, सहायक वन अधिकृत दुर्गादत्त कंडेल, मो.नं.: ९८४८०२६९७८
४. शान्तिपुर ईलाका वन कार्यालय प्रमुख, रेञ्जर बाबुराम न्यौपाने, मो.नं.: ९७५७००१४२२
५. वामी ईलाका वन कार्यालय प्रमुख, सहायक वन अधिकृत गोविन्द अर्याल, मो.नं.: ९८४५५६८७६९
६. पुर्कोट ईलाका वन कार्यालय प्रमुख, फरेष्टर कृष्ण बहादुर खनाल, मो.नं.: ९८५७०६४५३६
७. धुर्कोट ईलाका वन कार्यालय प्रमुख सहायक वन अधिकृत दिपक प्रसाद पण्डित, मो.नं.: ९८४१४२१०८७
८. ईश्मा ईलाका वन कार्यालय प्रमुख सहायक वन अधिकृत दिपक प्रसाद पण्डित, मो.नं.: ९८४१४२१०८७

मदाने संरक्षित वन कार्यक्रम, गुल्मी
संरक्षित वन परिषदका अध्यक्ष हिमालय  के.सी.
कार्यक्रम प्रवन्धक सहायक वन अधिकृत गोविन्द अर्याल
रेञ्जर रामगोपाल चौधरी
वन रक्षक छवी अर्याल
वन रक्षक बसन्ता पाण्डे
समूह परिचालक १. खीमा कुँवर, २. टोपलाल पौडेल, ३. धर्म बहादुर वली

कार्यालय सहयोगी १. विष्णु कुमारी सेन, २. मिन बहादुर थापा